Logo

६ फागुन,वीरगञ्ज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता दीपक बोहरा ले सभापति रवि लामिछाने को पक्षमा एक करोडभन्दा बढी हस्ताक्षर संकलन हुनसक्ने दाबी गरेका छन्।

सभापति लामिछानेमाथि चलेको सहकारी ठगी मुद्दाविरुद्ध ‘राजनीतिक प्रतिशोधविरुद्ध हस्ताक्षर अभियान’ नामक अभियान रास्वपाले सञ्चालन गरेको थियो। बोहराले सो अभियानमा मुख्य सहयोगीको रूपमा संलग्न रहँदै डिजिटल र घरघर अभियान गर्न पाए करोडमाथि हस्ताक्षर पुग्न सक्ने बताए।

धनगढीमा आयोजित रास्वपाको चुनावी सभामा बोल्दै बोहराले भने, “मेरो नेतृत्वमा भएको हस्ताक्षर क्याम्पेनमा ४० लाख मानिसले हस्ताक्षर गरेका छन्। हस्ताक्षर अभियान जारी नै थियो। मैले जानै नपाएको भए, डिजिटल क्याम्पेन गर्न पाएको भए, घरघर पुग्न पाएको भए, त्यो संख्या करोडमाथि पुग्थ्यो।”

बोहराका अनुसार हस्ताक्षर अभियानमा पूर्वन्यायाधीश, प्रहरी, सेना र बुद्धिजीवीहरू समेत सहभागी भएका थिए। उनले जनताको समर्थनलाई उदाहरण दिँदै भने, “हामीले २०८४ बाट घरघर जानै पर्छ भनेर सोचेका थियौं, तर जनताले २०८२ मै समर्थन देखाइदिए।”

दीपक बोहराले यसअघि कञ्चनपुर–२ बाट रास्वपा बाट उम्मेदवारी दिएका छन्।


सम्बन्धित समाचार