६ फागुन,वीरगञ्ज । फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचन नजिकिँदै जाँदा देशभर चुनावी माहोल तातेको छ। निर्वाचन मिति नजिकिएसँगै उम्मेदवारहरू मतदाता भेटघाट तथा घरदैलो अभियानमा सक्रिय देखिएका छन्। विभिन्न दलहरू प्रचार–प्रसार, रणनीतिक समीकरण र शक्ति सन्तुलनको गणनामा व्यस्त छन्।
यसैक्रममा जनमत पार्टी का पर्सा क्षेत्र नम्बर–१ का उम्मेदवार ओमप्रकाश सरार्फले वीरगञ्ज महानगरपालिका वडा नम्बर–२१ पटेल नगरमा घरदैलो कार्यक्रम सम्पन्न गरेका छन्।
घरदैलो अभियानका क्रममा सरार्फले स्थानीय मतदातासँग प्रत्यक्ष संवाद गर्दै आफ्ना चुनावी एजेन्डा प्रस्तुत गरेका थिए। उनले क्षेत्रको समग्र विकास, रोजगारी सिर्जना, शिक्षा तथा स्वास्थ्य सेवाको सुधारलाई प्राथमिकतामा राखेर काम गर्ने प्रतिबद्धता व्यक्त गरे।
स्थानीय बासिन्दाहरूले पनि आफ्ना समस्या र अपेक्षाबारे उम्मेदवारसँग खुला छलफल गरेका थिए। निर्वाचन नजिकिँदै जाँदा पर्सा–१ मा राजनीतिक गतिविधि तीव्र बन्दै गएको छ।

















