७ फागुन,बारा । कलैयास्थित गोपाल सेवा समितीको सभा कक्षमा अन्तर्राष्ट्रिय मातृभाषा दिवसको पूर्वसन्ध्यामा अन्तरक्रिया, कवि गोष्ठी तथा सम्मान कार्यक्रम सम्पन्न भएको छ।
नेपाल भोजपुरी प्रतिष्ठान बाराका अध्यक्ष रामप्रसाद साहको अध्यक्षतामा आयोजित कार्यक्रममा हिन्दी साहित्यकार एवं केसीटीसी कलेजका प्रिन्सिपल डा. संत साह र कवि तथा प्राध्यापक डा. हरेन्द्र हिमकरको प्रमुख आतिथ्यता रहेको थियो।
कार्यक्रममा गोपाल अश्क, गोरखापत्रको भोजपुरी पृष्ठ संयोजक दिनेश गुप्ता, सुरेन्द्र गिरी, रामेश्वर मेहता, बतहु यादव, प्रमोद पाण्डेय ‘हेरम्ब’, छोटेलाल साह, शिवनन्दन जैसवाल, प्रिया मिश्रा, नेहा कुशवाहा लगायत २१ जना कविहरूले आ–आफ्नो कविता वाचन गरेका थिए।
सो अवसरमा साहित्यकार गोपाल अश्क, प्रमोद पाण्डेय ‘हेरम्ब’, शिवनन्दन जैसवाल, डा. संत साह तथा डा. हरेन्द्र हिमकरलाई दोसल्ला ओढाई सम्मान गरिएको थियो।
कार्यक्रममा गोपाल सेवा समिती कलैयाका अध्यक्ष जंगबहादुर प्रसाद यादवले स्वागत मन्तव्य व्यक्त गरेका थिए भने कवि गोष्ठीको सञ्चालन संजु बाबा मोचीले गरेका थिए।

















