Logo

८ फागुन,वीरगञ्ज । फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचन नजिकिँदै जाँदा देशभर चुनावी सरगर्मी बढेको छ। उम्मेदवारहरू मतदाता भेटघाट, घरदैलो अभियान तथा रणनीतिक समीकरण मिलाउन व्यस्त छन्।

यसैबीच प्रगतिशील लोकतान्त्रिक पार्टी का तर्फबाट पर्सा क्षेत्र नम्बर–२ का उम्मेदवार अमिताभ बच्चन दास ले वीरगञ्ज महानगरपालिका वडा नम्बर–३ मा घरदैलो कार्यक्रम सम्पन्न गरेका छन्।

घरदैलोका क्रममा उनले वीरगञ्ज लाई देशकै आर्थिक राजधानीका रूपमा विकास गर्न पहल गर्ने प्रतिबद्धता व्यक्त गरे। वीरगञ्ज व्यापारिक दृष्टिले महत्वपूर्ण शहर भएकाले यहाँ उद्योग, व्यवसाय र लगानीका लागि अनुकूल वातावरण सिर्जना गर्न आवश्यक नीतिगत तथा संरचनागत सुधार गरिने उनको भनाइ थियो।

उम्मेदवार दासले स्थानीय बासिन्दासँग संवाद गर्दै साना तथा मझौला व्यवसायलाई प्रोत्साहन, कर प्रणालीमा सहजता, प्रशासनिक झन्झट न्यूनीकरण तथा पारदर्शी शासनमार्फत व्यापारमैत्री वातावरण निर्माण गरिने बताए।

निर्वाचन नजिकिँदै जाँदा पर्सा–२ मा विभिन्न दलका उम्मेदवारहरू आ–आफ्ना एजेन्डासहित मतदाता समक्ष पुगिरहेका छन्।


सम्बन्धित समाचार