Logo

८ फागुन,वीरगञ्ज । बाराको फेटा गाउँपालिका का अध्यक्ष रूस्तम अन्सारी माथि स्थानीयले शुक्रबार बिहान हातपात गरेका छन्। घटनापछि नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीले उनलाई सुरक्षित उद्धार गरेका हुन्।

अध्यक्ष अन्सारीमाथि फेटा–३ स्थित बजार क्षेत्रमा रहेको घर घेराउ गर्दै हातपात गरिएको बताइएको छ। स्थिति तनावग्रस्त बनेपछि सुरक्षाकर्मी परिचालन गरिएको थियो।

जानकारीअनुसार बिहीबार राति गाउँमा जन्ती आएका दुई समुदायका युवाहरूबीच कुटाकुट भएको थियो। सोही विषयलाई लिएर दुवै पक्षका व्यक्तिहरू अध्यक्ष अन्सारीसँग छलफल गर्न पुगेका थिए। तर अध्यक्षले उक्त घटनामा आफूले प्रत्यक्ष रूपमा केही गर्न नसक्ने बताएपछि छलफलकै क्रममा विवाद चर्किएको थियो।

विवाद बढ्दै जाँदा स्थानीयको समूहले अध्यक्षमाथि हातपात गरेको र जोगिन उनी आफ्नै घरभित्र पसेका थिए। त्यसपछि आक्रोशित समूहले घर घेराउ गरेको थियो।

घटनापछि सुरक्षाकर्मीले हस्तक्षेप गर्दै अध्यक्ष अन्सारीलाई सुरक्षित स्थानमा सारिएको जनाइएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।


सम्बन्धित समाचार