Logo

९ फागुन,काठमाडौं । झापा जिल्ला क्षेत्र नम्बर ५ को चुनावी प्रतिस्पर्धा थप रोचक बन्दै गएको छ। नेपाल कम्युनिष्ट पार्टी (एकीकृत मार्क्सवादी–लेनिनवादी) (नेकपा एमाले) का अध्यक्ष केपी शर्मा ओलीराष्ट्रिय स्वतन्त्र पार्टीका बरिष्ठ नेता बालेन्द्र शाह आज एकैदिन झापा जाँदैछन्।

दुवैलाई आ–आफ्ना दलले भावी प्रधानमन्त्रीको रूपमा अघि सारेको सन्दर्भमा उनीहरूको एकैदिनको झापा यात्रा राजनीतिक वृत्तमा चासोका साथ हेरिएको छ।

ओली आज बिहान ११ बजे बिर्तामोडस्थित होटल डेग्लोमा झापा क्षेत्र नम्बर ३ का अगुवा कार्यकर्तासँग भेटघाट तथा छलफलमा सहभागी हुने कार्यक्रम रहेको छ। त्यसपछि दिउँसो ३ बजे दमकस्थित गोरखा डिपार्टमेन्ट स्टोरमा हिसान, प्याब्सन र एन–प्याब्सनद्वारा आयोजित कार्यक्रममा उनको सहभागिता रहने जनाइएको छ।

उता, चुनावी कार्यक्रमका क्रममा अस्वस्थ भएका रास्वपा नेता शाह स्वास्थ्यलाभपछि आजै झापा जाने तयारीमा छन्। उनका सहयोगी अर्जुन घिमिरेका अनुसार शाह बेलुकीसम्म दमक पुग्ने कार्यक्रम छ। त्यसपछि उनी आफू उम्मेदवार रहेको झापा–५ केन्द्रित कार्यक्रममै व्यस्त रहनेछन्।

एकैदिन शीर्ष नेताहरूको उपस्थितिले झापा–५ को चुनावी माहोल थप तातेको छ। स्थानीय तहमा दुवै दलका कार्यकर्ता सक्रिय बन्दै जाँदा आगामी चुनावी प्रतिस्पर्धा कसरी अघि बढ्छ भन्ने विषय चासोको केन्द्र बनेको छ।


सम्बन्धित समाचार