Logo

९ फागुन,रौतहट । गौर नगरपालिका क्षेत्रमा दुई समुदायबीच बढ्दो तनावका कारण कर्फ्यू आदेश जारी गरिएको छ। प्रमुख जिल्ला अधिकारी दिनेशसागर भुसालले शनिबार (फागुन ९) दिउँसो १ बजेबाट अर्को आदेश नभएसम्म कर्फ्यू लागु हुने जानकारी दिनुभयो।

सीडीओ भुसालका अनुसार, उच्छृंखल गतिविधिमा संलग्न १८ जनालाई पक्राउ गरिएको छ। जारी कर्फ्यूमा कुनै व्यक्ति आवतजावत, सभा, जुलुस वा प्रदर्शन गर्न पाउने छैनन्। आदेश उल्लंघन गर्नेमा कारबाही गरिने चेतावनी पनि दिइएको छ।

दुई समुदायबीचको झडपका कारण गौर सदरमुकाम तनावग्रस्त बनेको थियो। यसक्रममा केही व्यक्ति घाइते भएका छन् भने केही सवारीसाधनमा आगजनी भएको छ। सुरक्षा निकायले घटनास्थलमा सतर्कता बढाएको छ।


सम्बन्धित समाचार