Logo

९ फागुन,वीरगञ्ज । सिंहदरबारस्थित गृह मन्त्रालयमा केन्द्रीय सुरक्षा समितिको बैठक जारी रहेको छ। गृहमन्त्री ओमप्रकाश अर्यालको सचिवालयका अनुसार वर्तमान सुरक्षा चुनौतीबारे छलफल गर्न बैठक बोलाइएको हो।

मन्त्रालयका अनुसार विशेषगरी मधेश–तराई क्षेत्रमा देखिएको जातीय, धार्मिक तथा निर्वाचनसँग सम्बन्धित सुरक्षा चुनौतीका विषयमा गहन छलफल भइरहेको छ। मधेश प्रदेशको गौरमा दुई समुदायबीच विवाद बढेपछि उत्पन्न तनावलाई केन्द्रमा राखेर बैठक आह्वान गरिएको जनाइएको छ।

बैठकमा गृहमन्त्री अर्यालसहित चारवटै सुरक्षा निकायका उच्च पदाधिकारीहरूको उपस्थिति रहेको छ।

बैठकका निर्णय र निष्कर्षबारे केहीबेरमा औपचारिक जानकारी गराइने गृह मन्त्रालयले जनाएको छ।


सम्बन्धित समाचार