Logo

१० फागुन,वीरगञ्ज । फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचन नजिकिँदै जाँदा देशभर चुनावी माहोल तातेको छ। निर्वाचन मिति नजिकिएसँगै उम्मेदवारहरू मतदाता भेटघाट, घरदैलो अभियान, कोणसभा तथा अन्तरक्रियामा सक्रिय देखिएका छन्। राजनीतिक दलहरू प्रचार–प्रसार, रणनीतिक समीकरण र शक्ति सन्तुलनको गणनामा व्यस्त छन्।

यसैक्रममा राष्ट्रिय प्रजातन्त्र पार्टीकी पर्सा क्षेत्र नम्बर–२ की उम्मेदवार बीना जैसवाल कुर्मीले बहुदरमाई नगरपालिका वडा नम्बर–३ र ६ मा घरदैलो कार्यक्रम सम्पन्न गरेकी छन्। घरदैलोका क्रममा उनले स्थानीय बासिन्दासँग प्रत्यक्ष भेटघाट गर्दै आफ्ना चुनावी एजेण्डा प्रस्तुत गरिन्।

उनले क्षेत्रको विकास, महिला सशक्तीकरण, स्वरोजगार प्रवर्द्धन तथा आधारभूत पूर्वाधार विस्तारलाई प्राथमिकतामा राखेर काम गर्ने प्रतिबद्धता व्यक्त गरिन्। स्थानीय समस्याबारे जानकारी लिँदै उनले सडक, शिक्षा, स्वास्थ्य र कृषि क्षेत्रको सुधारका लागि पहल गर्ने बताइन्।

घरदैलो कार्यक्रममा सहभागी मतदाताहरूले आफ्ना अपेक्षा र सुझाव राख्दै विकासमुखी नेतृत्वको आवश्यकता औँल्याएका थिए। उम्मेदवार कुर्मीले जनताको विश्वास र समर्थनका आधारमा निर्वाचनमा विजयी हुने दाबीसमेत गरिन्।

पर्सा–२ मा निर्वाचन नजिकिँदै जाँदा राजनीतिक गतिविधि थप सक्रिय बन्दै गएको छ। विभिन्न दलका उम्मेदवारहरू मतदाताको घरदैलोमा पुगेर समर्थन जुटाउने अभियानमा व्यस्त देखिएका छन्।


सम्बन्धित समाचार