Logo

११ फागुन,वीरगञ्ज ।  राष्ट्रिय स्वतन्त्र पार्टीका पर्सा सभापति तथा हरि पन्त पर्सा–१ का उम्मेदवार रूपमा स्थानीय समुदायको साझा रोजाइ बन्न सफल भएका छन्। बिरगंज–१८ भबानिपुरमा हिजो आयोजित घरदैलो र मतदाता भेटघाट कार्यक्रममा जेन्जी, युवा, प्रौढ र वृद्धसमेतका स्थानीयहरूले उत्साहपूर्वक सहभागिता जनाएका थिए।

कार्यक्रममा विभिन्न पेशा, व्यवसाय र सामाजिक क्षेत्रमा आबद्ध समूहहरू औपचारिक रूपमा उपस्थित रहे र स्थानीय स्तरमा प्रभाव राख्ने व्यक्तित्वहरूको सहभागिताले कार्यक्रमलाई उत्साहपूर्ण बनाएको थियो।

स्थानीय सहभागीहरूले पुराना दलप्रति बढ्दो निराशा र वैकल्पिक शक्तिको खोजी नै आफ्नो निर्णयको मुख्य कारण रहेको बताएका छन्। उनीहरूका अनुसार पारदर्शिता, सुशासन र युवा नेतृत्वको प्रतिबद्धताले रास्वपा तर्फ आकर्षित गरेको हो।

हरि पन्तको यो घरदैलो कार्यक्रमले क्षेत्रका मतदातासँग प्रत्यक्ष संवाद र स्थानीय समस्याबारे समझदारी बढाउने अवसर प्रदान गरेको छ।


सम्बन्धित समाचार