Logo

११ फागुन,काठमाडौं । मधेस प्रदेशका पूर्व राज्यमन्त्री तथा निलम्बित सांसद सरोज कुमार सिंहसहित १६ जनाविरुद्ध दायर भ्रष्टाचार मुद्दाको सुनुवाइका लागि सोमबार विशेष अदालतले पेसी तोकेको छ।

विशेष अदालतका न्यायाधीशत्रय नारायणप्रसाद पौडेल, हेमन्त रावलविदुर कोइरालाको इजलासले सुनुवाइका लागि पेसी तोकेको हो।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सिंहविरुद्ध भ्रष्टाचार मुद्दामा ३८ लाख ५० हजार ३ सय १९ रुपैयाँ बिगो मागदाबी गरेको छ। आयोगको दावी अनुसार उपभोक्ता समितिको खातामा जम्मा भएको रकम सिंहले आफ्ना स्वकीय सचिव विनोद कुमार लाल कायस्थमार्फत झिकाएर आफ्नो र श्रीमतीको संयुक्त खातामा जम्मा गरी हिनामिना गरेको आरोप छ।

यसै अभियोगमा सिंहसहित अन्य १५ जनाविरुद्ध पनि विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरिएको छ। अन्य प्रतिवादीमा छन्: रमेश मडर, अमलेश कुमारी, दीपाराज देवी राजपूत, भिखारी राउत कुर्मी, भूपेन्द्र कुमार झा, मञ्जु देवी पासमान, रामनाथ सहनी, स्वीकृति देवी, रामशरण खत्वे, बिभा देवी खत्वे, शम्भु कुमार मण्डल, योगिन्द्र महतो, सुनयना कुमारी, यमुना प्रसाद महतोकौशिल्या देवी

अदालतले पेसी तोकेको यस निर्णयसँगै भ्रष्टाचार मुद्दाको सुनुवाइ प्रक्रिया अगाडि बढ्नेछ र सिंहसहित सबै प्रतिवादीको मुद्दामा कानुनी प्रक्रिया अघि बढाइने छ।


सम्बन्धित समाचार