Logo

१२ फागुन,वीरगञ्ज । राष्ट्रिय स्वतन्त्र पार्टीका पर्सा जिल्ला सभापति तथा पर्सा–१ का उम्मेदवार हरि पन्तलाई आज गहवा र रामटोलका बासिन्दाले उत्साहजनक साथ दिएका छन्।

आज सम्पन्न घरदैलो तथा मतदाता भेटघाट कार्यक्रममा सयौंको संख्यामा स्थानीयको सहभागिता रहेको थियो। गहवा र रामटोल क्षेत्रमा आयोजित कार्यक्रमका क्रममा स्थानीय बासिन्दाले घर–घरबाट निस्केर उम्मेदवार पन्तलाई स्वागत गरेका थिए। कतिपयले घण्टी बजाउँदै समर्थन जनाएका थिए भने घरदैलोका क्रममा टीका, माला तथा पुष्पगुच्छा प्रदान गरी माया र शुभकामना व्यक्त गरेका थिए।

कार्यक्रममा बोल्दै उम्मेदवार पन्तले जनताको साथ र विश्वास नै आफ्नो मुख्य शक्ति भएको बताए। उनले पर्सा–१ मा विकास, सुशासन र पारदर्शिताका लागि आफू प्रतिबद्ध रहेको उल्लेख गरे। स्थानीयवासीले यसपटक परिवर्तनको पक्षमा दृढ अडान लिएको समेत बताएका थिए।

उक्त कार्यक्रम स्थानीय युवाहरू निरज गुप्ता, सुमित कादमिया, अबिनाश गुप्ता, विकास गुप्ता, छोट्टु साह, राजु साह, प्रदीप गुप्ता, दीपक कुश्वाहा, आकाश गुप्ता, साहिल, अजय साह, करन साह, सन्तोष खेतान र रोशन खेतान लगायतको नेतृत्वमा सम्पन्न भएको थियो।

घरदैलो कार्यक्रमलाई लिएर स्थानीय तहमा चुनावी माहोल थप तातेको छ।


सम्बन्धित समाचार