Logo

१२ फाल्गुण, काठमाडौं ।  नेपाली सुनचाँदी बजारमा मंगलबार सुनको मूल्यमा वृद्धि देखिएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला १ हजार ३ सय रूपैयाँले बढेर ३ लाख १४ हजार ८ सय रूपैयाँ पुगेको छ । अघिल्लो दिन सोमबार सुन प्रतितोला ३ लाख १३ हजार ५ सय रूपैयाँमा कारोबार भएको थियो । महासंघले आजका लागि प्रति १० ग्राम सुनको मूल्य २ लाख ६९ हजार ८ सय ९० रूपैयाँ तोकेको छ, जुन हिजोको तुलनामा १ हजार १ सय १५ रूपैयाँले बढी हो ।

सुनको भाउ आकासिए पनि चाँदीको मूल्यमा भने आज सामान्य गिरावट आएको छ। सोमबार प्रतितोला ५ हजार ५ सय ९५ रूपैयाँमा कारोबार भएको चाँदी आज १० रूपैयाँले घटेर ५ हजार ५ सय ८५ रूपैयाँमा झरेको छ । महासंघले अन्तर्राष्ट्रिय बजारमा हुने उतारचढावका आधारमा नेपाली बजारमा दैनिक रूपमा सुनचाँदीको नयाँ मूल्य निर्धारण गर्दै आएको छ । मूल्यमा आएको यो फेरबदलका कारण बजारमा मिश्रित प्रतिक्रिया देखिएको छ ।


सम्बन्धित समाचार