Logo

१२ फाल्गुण, काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आगामी फागुन २१ गते हुने निर्वाचनपछि गठन हुने नयाँ सरकारमा आफ्नो पार्टीको भूमिका निर्णायक र अत्यन्तै महत्त्वपूर्ण रहने दाबी गरेका छन् ।

मंगलबार पार्टीको केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजित एक विशेष कार्यक्रमका बीच एमाले निकट मुक्ति समाज दोलखाका नेता तथा कार्यकर्ताहरूलाई पार्टी प्रवेश गराउँदै उनले यस्तो धारणा राखेका हुन्। निर्वाचनका लागि अब केही दिन मात्र बाँकी रहेको अवस्थामा पार्टीका अधिकांश क्षेत्रमा जित सुनिश्चित देखिएको उल्लेख गर्दै प्रचण्डले सम्पूर्ण शक्ति परिचालन गरेमा नेकपा मुलुकको एक नम्बरको शक्ति बन्न सक्ने विश्वास व्यक्त गरे ।

सम्बोधनका क्रममा प्रचण्डले पछिल्लो समय नेकपा गठनसँगै देशमा वामपन्थी ध्रुवीकरणको नयाँ लहर चलेको र सबै सच्चा कम्युनिस्टहरू फेरि एकै ठाउँमा उभिने वातावरण निर्माण भइरहेको बताए । एमालेभित्र अध्यक्ष केपी शर्मा ओलीको कार्यशैलीप्रति व्यापक असन्तुष्टि बढेको दाबी गर्दै उनले त्यहाँ रहेका क्रान्तिकारी नेता–कार्यकर्ताहरूले नै अन्ततः एकताको झन्डा उठाउन सहयोग गर्ने उल्लेख गरे ।

उनले देशमा वाम आन्दोलनलाई थप सशक्त र प्रभावकारी बनाउनका लागि छरिएर रहेका सबै कम्युनिस्ट शक्तिहरू एकजुट भएर अघि बढ्नुको विकल्प नरहेको कुरामा विशेष जोड दिए ।


सम्बन्धित समाचार
भर्खरै