Logo

१३ फाल्गुण, काठमाडौं । बैंकिङ प्रणालीमा रहेको अधिक तरलतालाई सन्तुलनमा राख्न नेपाल राष्ट्र बैंकले पुनः सक्रियता देखाउँदै ४० अर्ब रुपैयाँ बराबरको निक्षेप संकलन उपकरण जारी गर्ने भएको छ ।

केन्द्रीय बैंकले ८८ दिनको छोटो अवधिका लागि यो परिमाणमा निक्षेप संकलन गर्न लागेको हो, जसको बोलकबोल तथा निष्कासन प्रक्रिया बुधबार नै सम्पन्न गरिनेछ । बजारमा पैसाको उपलब्धता बढी हुँदा ब्याजदरमा आउन सक्ने अस्वभाविक उतारचढावलाई नियन्त्रण गर्न राष्ट्र बैंकले यो उपकरण प्रयोगमा ल्याएको देखिन्छ । यसरी संकलन गरिएको निक्षेपको साँवा तथा ब्याज भुक्तानी आगामी २०८३ जेठ १० गते गरिने कार्यतालिका तय गरिएको छ ।

यस प्रक्रियामा सहभागी हुन चाहने बैंक तथा वित्तीय संस्थाहरूका लागि राष्ट्र बैंकले निश्चित सीमा तोकेको छ । इच्छुक संस्थाहरूले न्यूनतम १० करोड रुपैयाँदेखि अधिकतम कुल आह्वान रकमसम्मका लागि बोलपत्र पेस गर्न सक्नेछन् । यसरी बोलपत्र पेस गर्दा ५ करोड रुपैयाँले निःशेष भाग जाने गरी रकम प्रस्ताव गर्नुपर्ने सर्त राखिएको छ । ब्याजदरको निर्धारण बोलकबोलकै माध्यमबाट हुने र बहुब्याजदर पद्धति अपनाइने भएकाले वित्तीय संस्थाहरूले फरक(फरक दरमा पनि आफ्नो प्रस्ताव पेस गर्न सक्ने सुविधा प्राप्त गर्नेछन् ।

निक्षेप बाँडफाँड गर्दा राष्ट्र बैंकले सबैभन्दा कम ब्याजदर प्रस्ताव गर्ने संस्थालाई पहिलो प्राथमिकतामा राख्ने नीति लिएको छ । क्रमबद्ध रूपमा आह्वान गरिएको रकम नपुग भएसम्म बोलकबोल स्वीकार गरिनेछ । विशेष कुरा के छ भने, यसरी राष्ट्र बैंकमा जम्मा गरिएको रकमलाई सम्बन्धित बैंकहरूले आफ्नो लगानी ुपोर्टफोलियोु को रूपमा मात्र राख्न पाउनेछन् । यो रकमलाई अनिवार्य नगद मौज्दात ९ऋच्च्० मा गणना गर्न नपाइने व्यवस्थाले बजारको वास्तविक तरलता अवस्थालाई ऐना देखाउने अपेक्षा गरिएको छ ।


सम्बन्धित समाचार
भर्खरै