Logo

१३ फागुन,काठमाडौं । राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईं सर्वोच्च अदालतको आदेशपछि बुधबार जिल्ला प्रहरी परिसर काठमाडौंको हिरासतबाट रिहा भएका छन्।

सर्वोच्च अदालतका न्यायाधीश मनोजकुमार शर्मा र न्यायाधीश मेघराज पोखरेलको इजलासले प्रसाईंको पक्षमा बन्दीप्रत्यक्षीकरण आदेश जारी गर्दै उनलाई थुनामुक्त गर्न निर्देशन दिएको थियो। प्रसाईंले गतसाता आफूलाई गैरकानुनी रूपमा हिरासतमा राखिएको दाबी गर्दै अदालतमा निवेदन दिएका थिए।

निर्वाचन भाँड्ने गतिविधिमा संलग्न भएको आरोपमा निर्वाचन आयोगले प्रहरीलाई कारबाहीका लागि पत्राचार गरेको थियो। सोही आधारमा प्रहरीले फागुन ४ गते उनलाई काठमाडौंबाट पक्राउ गरेको थियो।

हाल आवश्यक प्रशासनिक प्रक्रिया पूरा नहुँदा उनलाई मंगलबारै छोड्न नसकिएर बुधबार मात्रै हिरासत मुक्त गरिएको हो। अदालतको आदेशसँगै प्रसाईं अब कानूनी प्रक्रिया अनुसार स्वतन्त्र छन् र आगामी अनुसन्धान आयोग तथा प्रहरीले जारी गर्ने निर्देशन अनुसार मात्र कारबाही अगाडि बढ्नेछ।


सम्बन्धित समाचार