प्रतिनिधि सभा निर्वाचन २०८२
दिन बाँकी
Radio
Logo

१४ फाल्गुण, काठमाडौं । आगामी निर्वाचनको तयारीलाई तीव्रता दिँदै नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले आफ्नो रणनीतिक छलफल सुरु गरेको छ ।

फागुन २१ गतेका लागि तय गरिएको प्रतिनिधिसभा सदस्य निर्वाचनको संघारमा पार्टीले केन्द्रीय निर्वाचन परिचालन समितिको महत्वपूर्ण बैठक आयोजना गरेको हो । काठमाडौँको पेरिसडाँडास्थित केन्द्रीय कार्यालयमा बिहीबार दिउँसोदेखि सुरु भएको यस बैठकमा निर्वाचनको तयारी र पार्टीको पछिल्लो अवस्थाबारे विस्तृत समीक्षा भइरहेको छ ।

बैठकको मुख्य एजेन्डा निर्वाचनको सूक्ष्म समीक्षा र भावी रणनीतिको तय रहेको नेता प्रमेश हमालले जानकारी दिनुभएको छ । पार्टीका स्थानीय कमिटीहरूबाट प्राप्त प्रारम्भिक रिपोर्टहरूका आधारमा देशभर नेकपाको पकड बलियो देखिएको र जनलहर पार्टीको पक्षमा सकारात्मक रहेको दाबी गरिएको छ । बैठकमा तल्लो तहदेखि आएका ती रिपोर्टहरूको वस्तुनिष्ठ विश्लेषण गर्दै चुनावी तयारीलाई अन्तिम रूप दिने कार्य भइरहेको बुझिएको छ ।

केन्द्रीय निर्वाचन परिचालन समितिको यस बैठकले पार्टीको चुनावी कमान्डलाई थप प्रभावकारी बनाउने अपेक्षा गरिएको छ । बैठकमा भएका निर्णयहरू र निर्वाचन केन्द्रित थप योजनाहरूबारे सार्वजनिक जानकारी दिन नेकपाले बैठक लगत्तै पत्रकार सम्मेलनको समेत तयारी गरेको छ । निर्वाचनको मिति नजिकिँदै गर्दा सत्ता पक्ष र प्रतिपक्ष दुवैले आ-आफ्नो शक्ति प्रदर्शन गरिरहेका बेला नेकपाको यो बैठकलाई अर्थपूर्ण रूपमा हेरिएको छ ।


सम्बन्धित समाचार