प्रतिनिधि सभा निर्वाचन २०८२
दिन बाँकी
Radio
Logo

१४ फागुन,वीरगञ्ज । फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचन नजिकिँदै जाँदा देशभर चुनावी माहोल तातेको छ। उम्मेदवारहरू घरदैलो अभियान, मतदाता भेटघाट र विभिन्न टोल–भेलामार्फत आफ्नो चुनावी प्रचारलाई तीव्र बनाइरहेका छन्।

यसैक्रममा प्रगतिशील लोकतान्त्रिक पार्टीका पर्सा क्षेत्र नम्बर–२ का उम्मेदवार अमिताभ बच्चन दासले आज वीरगन्ज महानगरपालिका वडा नम्बर–२४ मा आमजनसमुदायसँग भेटघाट तथा घरदैलो कार्यक्रम सम्पन्न गरेका छन्। उनले आफ्नो चुनाव चिह्न ‘आँखा’ छापमा मतदान गरी विजयी गराउन मतदातासँग अपिल गरेका छन्।

घरदैलो अभियानका क्रममा स्थानीय बासिन्दाले दासलाई समर्थन जनाउँदै आँखा छापमा मतदान गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। साथै, चुनावपछि पनि जनतासँग निरन्तर सम्पर्कमा रहन सुझाव दिएका छन्।

उम्मेदवार दासले वीरगन्जलाई आर्थिक राजधानीका रूपमा विकास गर्ने, उद्योग–व्यवसाय पूर्ण रूपमा सञ्चालन हुने वातावरण निर्माण गर्ने तथा गुणस्तरीय सडक, भरपर्दो विद्युत् आपूर्ति र शुद्ध खानेपानीको व्यवस्था गर्न पहल गर्ने प्रतिबद्धता जनाएका छन्।

निर्वाचन नजिकिँदै जाँदा पर्सा–२ मा उम्मेदवारहरूबीच प्रतिस्पर्धा तीव्र बन्दै गएको छ। स्थानीय मुद्दा र विकासका एजेन्डालाई केन्द्रमा राखेर उम्मेदवारहरूले मतदातालाई आकर्षित गर्ने प्रयास जारी राखेका छन्।


सम्बन्धित समाचार