प्रतिनिधि सभा निर्वाचन २०८२
दिन बाँकी
Radio
Logo

१४ फाल्गुण, काठमाडौं । नेकपा (बहुमत) का महासचिव धर्मेन्द्रराज बास्तोलालाई तत्काल थुनामुक्त गर्न सर्वोच्च अदालतले आदेश जारी गरेको छ ।

न्यायाधीशद्वय कुमार रेग्मी र नित्यानन्द पाण्डेयको संयुक्त इजलासले बिहीबार बास्तोलालाई बन्दीप्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ गर्दै रिहाइको बाटो खोल्ने फैसला सुनाएको हो ।

आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्यको उपनिर्वाचन बहिष्कार गर्ने अभियानमा सक्रिय रहेको र शान्ति सुरक्षामा खलल पुर्‍याएको आरोपमा प्रहरीले बास्तोलालाई नियन्त्रणमा लिएको थियो । बास्तोलाको गिरफ्तारी गैरकानुनी रहेको दाबी गर्दै सावित्रीकुमारी वलीले गत फागुन १० गते सर्वोच्चमा बन्दीप्रत्यक्षीकरणको निवेदन दर्ता गराएकी थिइन् ।

अदालतले नागरिकको वैयक्तिक स्वतन्त्रताको कदर गर्दै उनलाई थुनामा राखिरहनु पर्ने पर्याप्त आधार र कारण नदेखिएको ठहर गरेको छ । यस आदेशसँगै बास्तोलालाई हिरासतमुक्त गर्न प्रशासनलाई कानुनी बाटो खुलेको छ । निर्वाचनको पूर्वसन्ध्यामा राजनीतिक दलका नेता पक्राउ पर्ने र अदालतबाट छुट्ने क्रमले राजनीतिक वृत्तमा नयाँ बहस सिर्जना गरेको छ ।


सम्बन्धित समाचार