प्रतिनिधि सभा निर्वाचन २०८२
दिन बाँकी
Radio
Logo

१५ फाल्गुण, वीरगञ्ज । वीरगञ्ज महानगरपालिका वडा नं. २१ मा नेपाली कांग्रेसको आमसभा कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा करिब ३०० जनाले नेपाली कांग्रेसमा प्रवेश गरेको आयोजकले जनाएको छ।

कार्यक्रम हविव मियाँको अध्यक्षतामा सम्पन्न भएको थियो भने वडा नं. २१ का कांग्रेस सभापति रामनारायण साहको विशेष पहलमा आयोजना गरिएको बताइएको छ। कार्यक्रममा प्रमुख अतिथिका रूपमा अनिल रूंगटा सहभागी रहेका थिए। त्यसैगरी अजय द्विवेदी, बसरुदिन अंसारी, रामनारायण कुर्मी, अलिअसगर मियाँ लगायत अन्य नेता तथा कार्यकर्ताहरूको उपस्थिति रहेको थियो।

सभामा वक्ताहरूले पार्टी संगठन सुदृढीकरण, स्थानीय विकास र जनताको अपेक्षा सम्बोधन गर्ने विषयमा धारणा राखेका थिए। कार्यक्रममा प्रवेश गरेका नयाँ सदस्यहरूलाई टीका तथा खादा लगाएर स्वागत गरिएको थियो।

स्थानीय स्तरमा कांग्रेसप्रति जनआकर्षण बढ्दो रहेको नेताहरूले दाबी गरेका छन्। कार्यक्रम उत्साहजनक सहभागिताका साथ सम्पन्न भएको आयोजकले जनाएको छ।


सम्बन्धित समाचार