प्रतिनिधि सभा निर्वाचन २०८२
दिन बाँकी
Radio
Logo

१६ फागुन,वीरगञ्ज ।  मलको कोटा निर्धारण नहुँदा वीरगञ्जस्थित कृषि सामग्री कम्पनीको गोदाममा व्यवस्थापन समस्या उत्पन्न भएको छ। मधेश प्रदेश कृषि मन्त्रालयले प्रत्येक जिल्लाको मलको कोटा निर्धारण नगर्दा गोदाममा भण्डारणको कठिनाइ बढेको हो।

कृषि सामग्री कम्पनी वीरगन्ज प्रादेशिक कार्यालय अन्तर्गतका गोदामहरू भरिन थालेपछि नयाँ भण्डारणको आवश्यकता देखिएको छ। प्रादेशिक कार्यालयका प्रमुख दुर्गा प्रसाद पाण्डेका अनुसार, कम्पनीले अहिले मल भण्डारणका लागि नयाँ गोदाम खोज्न सुरु गरेको छ।

उनका अनुसार, हाल गोदाममा ३५ हजार टन युरिया, ८ हजार टन डिएपि (DAP), र ८ हजार टन पोटास गरी कुल ४९ हजार टन मल मौज्दात रहेको छ।

दुर्गा प्रसाद पाण्डे भन्छन्, “गोदाम भरिन थालेपछि थप मल भण्डारण गर्न समस्या भइरहेको छ, त्यसैले तत्काल नयाँ गोदाम खोजेर व्यवस्थापन गर्नुपर्ने अवस्था छ।”

कृषकहरूका लागि मल आपूर्ति सहज बनाउने उद्देश्यका साथ सरकारले तत्काल जिल्लाहरूको कोटा निर्धारण गर्ने र गोदाम व्यवस्थापन सुधार गर्ने जरुरी रहेको देखिन्छ।


सम्बन्धित समाचार