१६ फागुन,काठमाडौं । साउदी अरेबिया ले इरान द्वारा खाडी क्षेत्रका विभिन्न मुलुकहरूमा गरिएको मिसाइल आक्रमणको कडा शब्दमा निन्दा गरेको छ।
शनिबार इरानले संयुक्त अरब इमिरेट्स, बहराइन, कतार, जोर्डन र कुवेत को भूमिमा मिसाइल आक्रमण गरेको बताइएको छ। उक्त घटनाप्रति प्रतिक्रिया जनाउँदै साउदी अरेबियाले यसलाई राष्ट्रहरूको सार्वभौमिकता र अन्तर्राष्ट्रिय कानुनको गम्भीर उल्लंघन भएको उल्लेख गरेको छ।
साउदी अरेबियाले यदि यस्ता गतिविधि निरन्तर दोहोरिएमा इरानले गम्भीर परिणाम भोग्नुपर्ने चेतावनीसमेत दिएको छ।
यसैबीच, इजरायल र इरानबीच आक्रमण सुरु भएपछि कतार, कुवेत र संयुक्त अरब इमिरेट्सले आ-आफ्नो हवाई क्षेत्र अस्थायी रूपमा बन्द गरेका छन्। क्षेत्रीय तनाव तीव्र बन्दै जाँदा हवाई सुरक्षालाई मध्यनजर गर्दै यस्तो निर्णय गरिएको जनाइएको छ।
शनिबार नै इजरायलले इरानका विभिन्न सहरहरूमा हवाई आक्रमण गरेको समाचार सार्वजनिक भएको छ। पछिल्ला घटनाक्रमले मध्यपूर्व क्षेत्र थप अस्थिर बन्दै गएको विश्लेषण गरिएको छ।

















