प्रतिनिधि सभा निर्वाचन २०८२
दिन बाँकी
Radio
Logo

१६ फागुन, काठमाडौं । इरान को राष्ट्रिय सुरक्षा परिषद्ले राजधानी तेहरान का बासिन्दाहरूलाई तत्काल राजधानी छाड्न आग्रह गरेको छ। इजरायलसंयुक्त राज्य अमेरिका ले इरानमाथि आक्रमण जारी राखेपछि परिषद्ले यस्तो अपिल गरेको हो।

परिषद्ले जारी गरेको वक्तव्यमा वर्तमान सुरक्षा अवस्थालाई ध्यानमा राख्दै सम्भव भएसम्म शान्ति र संयमता कायम राखी अन्य सुरक्षित स्थान तथा सहरतर्फ जान अनुरोध गरिएको छ। अन्तर्राष्ट्रिय सञ्चारमाध्यम Al Jazeera का अनुसार सुरक्षा जोखिम बढ्दै गएपछि स्थानीयवासीलाई सतर्क रहन र सुरक्षित स्थानतर्फ सर्न सुझाव दिइएको हो।

यसैबीच, तेहरानसहित देशका विभिन्न सहरहरूमा लगातार विस्फोटका आवाजहरू सुनिएको जनाइएको छ। तेहरानस्थित इरानका सर्वोच्च नेता आयातुल्लाह अली खामेनेई को कार्यालय तथा राष्ट्रपतिको कार्यालयसमेत निशानामा परेको बताइएको छ।

क्षेत्रीय तनाव चुलिँदै जाँदा राजधानी तेहरानको सुरक्षा अवस्था थप जटिल बन्दै गएको विश्लेषण गरिएको छ।


सम्बन्धित समाचार