प्रतिनिधि सभा निर्वाचन २०८२
दिन बाँकी
Radio
Logo

१६ फागुन, काठमाडौं । रूस ले संयुक्त राज्य अमेरिकाइजरायल सँग इरान माथि जारी आक्रमण तत्काल रोक्न आग्रह गरेको छ।

रूसको विदेश मन्त्रालयले एक वक्तव्य जारी गर्दै क्षेत्रीय तनाव थप चुलिन नदिन तत्काल सैन्य कारबाही अन्त्य गर्नुपर्ने बताएको हो। मन्त्रालयले वर्तमान अवस्थालाई राजनीतिक तथा कूटनीतिक समाधानको मार्गमा फर्किन आवश्यक रहेको उल्लेख गरेको छ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यम अलजजिराका अनुसार रूसले अन्तर्राष्ट्रिय समुदायलाई थप अस्थिरता निम्त्याउने जिम्मेवारीहीन गतिविधिहरूको वस्तुनिष्ठ मूल्याङ्कन छिटो प्रस्तुत गर्न आग्रह गरेको छ।

रूसले अन्तर्राष्ट्रिय कानून, आपसी सम्मान र स्वार्थको सन्तुलनमा आधारित शान्तिपूर्ण समाधान खोज्ने प्रयासमा आफू सहयोग गर्न तयार रहेको पुनः स्पष्ट पारेको छ। क्षेत्रीय तनाव चुलिँदै जाँदा विश्व शक्तिहरूको कूटनीतिक सक्रियता बढ्न थालेको संकेत देखिएको छ।


सम्बन्धित समाचार