प्रतिनिधि सभा निर्वाचन २०८२
दिन बाँकी
Radio
Logo

१६ फागुन,काठमाडौं । शनिबार इजरायल ले तेहरान लगायत विभिन्न शहरहरूमा आक्रमण गर्दा दक्षिणी इरानमा कम्तीमा ४० जना छात्राको मृत्यु भएको छ भने ४५ जना घाइते भएका छन्।

सरकारी समाचार संस्था इस्लामिक रिपब्लिक न्युज एजेन्सी (इरना) का अनुसार, इजरायलले गुप्तचर मन्त्रालय, रक्षा मन्त्रालय, सर्वोच्च नेता आयतुल्लाह अली खामेनेई को कार्यालय र परमाणु ऊर्जा संगठनलाई लक्षित गरेको छ। हमलापछि खामेनेईलाई सुरक्षित स्थानमा सारिएको जनाइएको छ।

जवाफी रूपमा इरान ले इजरायलमाथि प्रतिआक्रमण सुरु गरेको छ। मिडिया रिपोर्टअनुसार, इरानले करिब ४०० वटा मिसाइल प्रहार गरेको छ। साथै, इरानले कुवेत, कतार, बहराइन, साउदी अरेबियामा रहेका अमेरिकी सैन्य अड्डा र दुबईलाई समेत निशाना बनाएको जनाइएको छ।

इजरायलले आफ्नो नयाँ सैन्य अभियानको नाम ‘लायन्स रोर’ (शेरको गर्जन) राखेको छ। Al Jazeera का अनुसार यो संयुक्त रूपले संयुक्त राज्य अमेरिका र इजरायलको सैन्य कारबाही हो।

विश्लेषकहरूले यो आक्रमण इरानसंयुक्त राज्य अमेरिका बीच परमाणु हतियारसम्बन्धी चलिरहेको वार्ताको समयमा भएको उल्लेख गरेका छन्। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प ले यसअघि नै इरानमाथि आक्रमण गर्ने चेतावनी दिइसकेका थिए।


सम्बन्धित समाचार