प्रतिनिधि सभा निर्वाचन २०८२
दिन बाँकी
Radio
Logo

वीरगञ्ज । वीरगञ्ज महानगरपालिका वडा नं. २० का पूर्व गाविस अध्यक्ष हरिशंकर प्रसाद सिंह नेपाल कम्युनिष्ट पार्टी (एमाले) मा प्रवेश गरेका छन्। आइतबार आयोजित कार्यक्रममा स्थानीय नेता, युवा तथा समर्थकहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

नवप्रवेशी सिंहलाई पर्सा–१ का सांसद प्रदीप यादव ले अबिर–टिका र माला लगाएर पार्टीमा स्वागत गरेका थिए। स्वागत मन्तव्यका क्रममा सांसद यादवले सिंह जस्ता अनुभवी तथा जनआधार भएका नेताको आगमनले वडा नं. २० मात्र नभई समग्र वीरगञ्ज क्षेत्रमा एमाले संगठन थप सुदृढ हुने विश्वास व्यक्त गरे।

प्रवेशपछि बोल्दै सिंहले राष्ट्रहित, स्थायित्व र विकासको स्पष्ट कार्यदिशा भएका कारण आफू एमालेमा आबद्ध भएको बताए। उनले जनताको सेवा, स्थानीय विकास र सुशासनका लागि सक्रिय भूमिका निर्वाह गर्ने प्रतिबद्धता जनाए।

कार्यक्रम उत्साहजनक वातावरणमा सम्पन्न भएको आयोजकले जनाएको छ। सिंहको प्रवेशसँगै वडा नं. २० मा एमालेको प्रभाव थप विस्तार हुने आकलन गरिएको छ।


सम्बन्धित समाचार