प्रतिनिधि सभा निर्वाचन २०८२
दिन बाँकी
Radio
Logo

१८ फागुन,वीरगञ्ज । फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै नेपाल–भारत सीमा आज रातिदेखि ७२ घण्टाका लागि बन्द गरिने भएको छ।

फागुन ९ गते वीरगञ्जमा बसेको नेपाल र भारतका सुरक्षा अधिकारीहरूको संयुक्त बैठकले निर्वाचनभन्दा ७२ घण्टा अघिदेखि सीमा पूर्णरूपमा बन्द गर्ने निर्णय गरेको थियो। सोही निर्णयअनुसार पर्सा र बाराका सबै नाकाहरू आज (सोमबार) राति १२ बजेदेखि बन्द हुने प्रशासनले जनाएको छ।

जिल्ला प्रशासन कार्यालयका अनुसार सीमा बन्द अवधिमा आवतजावत पूर्ण रूपमा रोक लगाइनेछ। अत्यावश्यक सेवाका सवारी साधन भने समन्वयका आधारमा सञ्चालन हुन सक्ने बताइएको छ।

निर्वाचनलाई स्वच्छ, निष्पक्ष र शान्तिपूर्ण रूपमा सम्पन्न गर्न सीमा क्षेत्रमा उच्च सुरक्षा सतर्कता अपनाइएको छ। सीमा बन्दसँगै सुरक्षाकर्मीको परिचालन बढाइएको र निगरानी कडा पारिएको जनाइएको छ।
निर्वाचन सम्पन्न भएपछि ७२ घण्टापछि सीमा नाका पुनः सञ्चालनमा आउने प्रशासनले जनाएको छ।

 


सम्बन्धित समाचार
भर्खरै