प्रतिनिधि सभा निर्वाचन २०८२
दिन बाँकी
Radio
Logo

१८ फाल्गुण, काठमाडौँ । मध्यपूर्वमा चुलिँदो सैन्य तनावका बीच इरानले संयुक्त अरब इमिरेट्स (यूएई) मा गरेको ड्रोन आक्रमणमा परी एक नेपाली युवाले ज्यान गुमाएका छन् ।

अबुधाबीस्थित नेपाली राजदूतावासका अनुसार मृत्यु हुनेमा गोरखा घर भएका २९ वर्षीय दिवस श्रेष्ठ रहेका छन् । अबुधाबीस्थित जायद अन्तर्राष्ट्रिय विमानस्थलमा इरानद्वारा प्रहार गरिएको ड्रोन निष्क्रिय पार्ने क्रममा भएको विष्फोटमा परेर उनको निधन भएको हो ।

श्रेष्ठ त्यहाँको मिडल इस्ट कम्पनीमा सुरक्षा गार्डको रूपमा कार्यरत थिए। यूएईको परराष्ट्र मन्त्रालयले श्रेष्ठको मृत्युबारे नेपाली दूतावासलाई आधिकारिक जानकारी गराएपछि यो दुःखद खबर बाहिर आएको हो ।

यूएईको रक्षा मन्त्रालयले जारी गरेको पछिल्लो विवरण अनुसार इरानी हमलामा श्रेष्ठसहित तीन जना विदेशी कामदारको मृत्यु भएको छ, जसमा नेपाल, बंगलादेश र पाकिस्तानका एक–एक जना नागरिक परेका छन् ।

विमानस्थल र वरपरका क्षेत्रलाई निशाना बनाएर गरिएका यस्ता ड्रोन आक्रमणका कारण अबुधाबीको आकाशमा धूवाँको मुस्लो देखिएको तस्बिरहरू सार्वजनिक भएका छन् । श्रेष्ठको असामयिक निधनप्रति गहिरो दुःख व्यक्त गर्दै दूतावासले शोकसन्तप्त परिवारमा समवेदना प्रकट गरेको छ ।


सम्बन्धित समाचार