१८ फागुन,काठमाडौं । अमेरिकासँगको तनाव र अमेरिकी अधिकारीको हत्या विरोधको क्रममा मध्यपूर्वमा आक्रमण जारी राख्दै आएको इरानले सोमबार आफ्ना छिमेकी देशमा पनि सीमा नाघेर हमला गरेको छ। इरानले संयुक्त अरब इमिरेट्सको दुबईमा रहेको विश्वकै ठूलो तेल प्रशोधन केन्द्र अरामको रिफाइनरी (Aramco) लाई ड्रोन आक्रमणको लक्ष्य बनाएको छ।
रोयटर्सको रिपोर्ट अनुसार, आक्रमणपछि साउदी अरब सरकारको स्वामित्व रहेको अरामको कम्पनीले रास तनुरा रिफाइनरीलाई सावधानीका रूपमा बन्द गरेको छ। यो घटनाले मध्यपूर्वका दुई देश—साउदी अरब र संयुक्त अरब इमिरेट्स—लाई एकैपटक असर गरेको छ।
रिफाइनरी बन्दको खबर सार्वजनिक भएपछि ब्रेन्ट कच्चा तेलको मूल्य ९.३२ प्रतिशतले वृद्धि भएको छ। अधिकारीहरूले भनेका छन् कि स्थिति नियन्त्रणमा छ र सुरक्षा तथा निगरानीका आवश्यक कदम चालिएको छ।
विश्लेषकहरूले यो आक्रमणलाई अमेरिका, इरान र साउदी अरबबीच बढ्दो तनावको संकेतको रूपमा लिएका छन्। घटनाले अन्तर्राष्ट्रिय तेल आपूर्तिमा असर पर्न सक्ने र मध्यपूर्वको सुरक्षा चुनौती थप बढ्ने सम्भावना देखाइएको छ।

















