प्रतिनिधि सभा निर्वाचन २०८२
दिन बाँकी
Radio
Logo

२० फागुन, काठमाडौं । प्रतिनिधिसभा निर्वाचनको पूर्वसन्ध्यामा राष्ट्रिय सुरक्षा परिषद्को बैठक आह्वान गरिएको छ । प्रधानमन्त्री सुशीला कार्कीले बुधबार दिउँसो ३ बजे परिषद्को बैठक बोलाएकी हुन् ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार रामबहादुर रावलका अनुसार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बैठक बस्नेछ । निर्वाचनअघि देशभरको समग्र सुरक्षा अवस्थाबारे समीक्षा गर्न तथा आवश्यक तयारीबारे समन्वय गर्न बैठक आह्वान गरिएको जनाइएको छ ।

बैठकमा सुरक्षा निकायका प्रमुखहरू सहभागी हुनेछन् । उनीहरूले पछिल्लो सुरक्षा अवस्था, संवेदनशील क्षेत्रको पहिचान, मतदान केन्द्रमा सुरक्षाकर्मी परिचालन, सीमा नाकामा निगरानी तथा आपत्कालीन तयारीबारे प्रधानमन्त्रीलाई ब्रिफिङ गर्नेछन् ।

भोलि हुने प्रतिनिधिसभा निर्वाचनलाई शान्तिपूर्ण, निष्पक्ष र भयमुक्त वातावरणमा सम्पन्न गर्न सरकार प्रतिबद्ध रहेको जनाइएको छ । परिषद्को बैठकले आवश्यक रणनीति तय गर्ने विश्वास गरिएको छ ।


सम्बन्धित समाचार