प्रतिनिधि सभा निर्वाचन २०८२
दिन बाँकी
Radio
Logo

२० फागुन, काठमाडौं । नेपाल एयरलाइन्स ले साउदी अरेबियाको दमाम र कतारको दोहाका लागि निर्धारित उडान रद्द गरेको छ ।

एयरलाइन्सले बुधबार सूचना जारी गर्दै ती दुई गन्तव्यमा तय गरिएका उडानहरू तत्कालका लागि स्थगित गरिएको जनाएको हो । खाडी क्षेत्रमा बढ्दो युद्ध तनावका कारण उडान तालिका प्रभावित भएको कम्पनीले स्पष्ट पारेको छ ।

दोहा, दमाम तथा दुबईका आगामी उडानबारे अद्यावधिक जानकारी लिएर मात्र विमानस्थल आउन यात्रुहरूलाई अनुरोध गरिएको छ । कम्पनीले आधिकारिक सूचना, वेबसाइट तथा तोकिएको सम्पर्क नम्बरमार्फत जानकारी लिएर यात्रा गर्न सचेत गराएको छ ।

खाडी क्षेत्रमा चर्किएको द्वन्द्वका कारण दोहादमाम सहितका गन्तव्यमा अन्य अन्तर्राष्ट्रिय एयरलाइन्सका उडानहरू समेत प्रभावित भइरहेका छन् । नेपाल एयरलाइन्सले परिस्थितिको निरन्तर अनुगमन गरिरहेको जनाएको छ ।


सम्बन्धित समाचार