प्रतिनिधि सभा निर्वाचन २०८२
दिन बाँकी
Radio
Logo

२० फागुन, काठमाडौँ । नेपाल रेडक्रस सोसाइटी, काठमाडौँ जिल्ला शाखाले बिहीबार हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका क्रममा ३० मतदान केन्द्रमा प्राथमिक उपचार स्वयंसेवक परिचालन गर्ने भएको छ ।

काठमाडौँ महानगरपालिका सहित अन्य १० स्थानीय तहअन्तर्गतका मतदान केन्द्र परिसरमा चार–चार जना स्वयंसेवकले सेवा प्रदान गर्ने व्यवस्था गरिएको शाखाले जनाएको छ । साथै, आकस्मिक अवस्थाका लागि एम्बुलेन्ससहित सात जनाको छुट्टै टोली पूर्वतयारी अवस्थामा राखिएको छ ।

जिल्ला शाखाका सभापति श्यामकाजी डोटेलले मतदानका क्रममा आकस्मिक स्वास्थ्य समस्या उत्पन्न हुन सक्ने अवस्थालाई ध्यानमा राख्दै प्राथमिक उपचार टोली तथा आवश्यक सामग्री पूर्वतयारी अवस्थामा राखिएको जानकारी दिए ।

यसका लागि शाखाले स्वयंसेवकहरूका लागि अभिमुखीकरण कार्यक्रमसमेत सञ्चालन गरेको थियो । अभिमुखीकरणमा प्राथमिक उपचार पुनर्ताजगी, सुरक्षित पहुँच, मनोसामाजिक सहयोग तथा मनोवैज्ञानिक प्राथमिक उपचार सम्बन्धी सैद्धान्तिक र प्रयोगात्मक प्रशिक्षण दिइएको जनाइएको छ ।

शाखाले निर्वाचनलगायत विभिन्न मानवीय सेवाका गतिविधिमा स्वयंसेवकहरू परिचालन गर्दै आएको छ ।


सम्बन्धित समाचार