२० फागुन, काठमाडौं । राष्ट्रिय सुरक्षा परिषद् को बैठक सुरु भएको छ ।
प्रधानमन्त्री सुशीला कार्कीले बुधबार दिउँसो ३ बजेका लागि बोलाएको बैठक केहीबेरअघि सिंहदरबार स्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा सुरु भएको हो । प्रधानमन्त्रीका प्रेस सल्लाहकार रामबहादुर रावलले बैठक सञ्चालन भइरहेको जानकारी दिए ।
भोलि हुने प्रतिनिधिसभा निर्वाचनअघि प्रधानमन्त्री कार्कीले सुरक्षा निकायका प्रमुखहरूसँग समग्र सुरक्षा अवस्थाबारे छलफल गर्न बैठक आह्वान गरेकी हुन् ।
बैठकमा देशभरको पछिल्लो सुरक्षा अवस्था, मतदान केन्द्रको सुरक्षा व्यवस्थापन, सीमा निगरानी तथा आकस्मिक तयारीबारे सम्बन्धित निकायका प्रमुखहरूले ब्रिफिङ गर्ने बताइएको छ ।

















