प्रतिनिधि सभा निर्वाचन २०८२
दिन बाँकी
Radio
Logo

२१ फागुन, काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति एवं चितवन क्षेत्र नम्बर २ का प्रतिनिधि सभा सदस्य उम्मेदवार रवि लामिछानेले आज बिहान आफ्नो मताधिकार प्रयोग गरेका छन् । उनले काठमाडौँ क्षेत्र नम्बर ३ अन्तर्गत पर्ने उपत्यका खानेपानी लिमिटेडको महाँकालचौरस्थित मतदान केन्द्रबाट मतदान गरेका हुन् ।

चितवन–२ बाट चुनावी मैदानमा रहेका लामिछानेको मतदाता नामावली काठमाडौँ–३ मा रहेका कारण उनले आफैँलाई भने मत हाल्न पाएनन् । मतदान पछि सञ्चारकर्मीहरूसँग छोटो कुराकानी गर्दै सभापति लामिछानेले निर्वाचन परिवर्तनको एउटा महत्त्वपूर्ण अवसर भएको बताए । उनले देशभर भइरहेको उत्साहजनक मतदानले मुलुकमा नयाँ राजनीतिक दिशा निर्देश गर्ने विश्वास व्यक्त गरे ।

बिहान ७ बजेदेखि नै सुरु भएको मतदान प्रक्रियामा सहभागी हुन लामिछाने महाँकालचौर केन्द्र पुगेका थिए । सो केन्द्रमा बिहानैदेखि मतदाताहरूको बाक्लो उपस्थिति रहेको छ। सभापति लामिछानेले मतदान गरिसकेपछि आफ्नो निर्वाचन क्षेत्र चितवनतर्फ लाग्ने कार्यक्रम रहेको उनको सचिवालयले जनाएको छ ।


सम्बन्धित समाचार