प्रतिनिधि सभा निर्वाचन २०८२
दिन बाँकी
Radio
Logo

फाईल फोटो

२१ फागुन, वीरगञ्ज । प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत पर्सामा रहेका कैदीबन्दीहरूले पनि उत्साहजनक रूपमा मतदान गर्दैछन् । निर्वाचन आयोगले तोकेको व्यवस्थाअनुसार वीरगञ्ज कारागारभित्रै अस्थायी मतदान केन्द्र स्थापना गरी मतदानको प्रबन्ध मिलाइएको हो ।

जिल्ला निर्वाचन कार्यालय पर्साका प्रमुख अनामिका रौनियारका अनुसार कारागारमा रहेका ३३ जना कैदीबन्दीहरू यस पटकको निर्वाचन प्रक्रियामा सहभागी भएका छन्। ती कैदीबन्दीले प्रतिनिधिसभाको समानुपातिक निर्वाचन प्रणालीतर्फ मतदान गर्दैछन् । “कैदीबन्दीले पनि आफ्नो मताधिकार प्रयोग गर्न पाउने कानुनी व्यवस्था अनुसार कारागारमै मतदानको व्यवस्था मिलाइएको छ,” प्रशासक रेग्मीले जानकारी दिए ।

जिल्ला निर्वाचन कार्यालय पर्साका प्रमुख अनामिका रौनियारले कारागारमा मतदान प्रक्रियालाई व्यवस्थित बनाउन आवश्यक कर्मचारी र सुरक्षाको पूर्ण प्रबन्ध मिलाइएको बताईन् । निर्वाचन आयोगको नीतिअनुसार कैदीबन्दी, सुरक्षाकर्मी, र कर्मचारीहरूका लागि अस्थायी मतदान केन्द्रमार्फत समानुपातिकतर्फ मात्र मतदान गर्ने अधिकार प्रदान गरिएको छ। कारागारभित्रै मतदान गर्न पाउँदा कैदीबन्दीहरूले आफूहरू राज्यको मूलधारको प्रक्रियामा जोडिएको महसुस गरेका छन् ।


सम्बन्धित समाचार