२१ फागुन, काठमाडौं । दोलखाको तामाकोशी गाउँपालिका–४ स्थित मालु मतदान केन्द्रमा विवाद उत्पन्न भएपछि मतदान प्रक्रिया अस्थायी रूपमा रोकिएको छ।
मतदानका क्रममा केही व्यक्तिले निर्वाचनमा खटिएका कर्मचारीमाथि हातपात गर्न खोजेपछि स्थिति तनावग्रस्त बनेको थियो। अवस्था नियन्त्रणमा लिन प्रहरीले एक राउन्ड हवाई फायर गरेको जनाएको छ।
हवाई फायरपछि केही समय नाराबाजीसमेत भएको थियो। हाल सुरक्षा व्यवस्था कडा पारिएको छ भने घटनाबारे छलफल गर्न सर्वदलीय बैठक बोलाइएको छ।
मतदान पुनः सुचारु गर्ने विषयमा सर्वदलीय बैठकमा छलफल भइरहेको जिल्ला प्रशासन स्रोतले जनाएको छ।
















