२१ फागुन, काठमाडौं । सर्लाहीको बलरा नगरपालिका–४ स्थित श्री प्राथमिक विद्यालयमा रहेको मतदान केन्द्रमा विवादका कारण रोकिएको मतदान पुनः सुरु भएको छ।
उक्त पालिका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार अमरेशकुमार सिंहको क्षेत्र हो। केहीबेरअघि सिंह पनि मतदान केन्द्रमा पुगेका थिए। विपक्षी पक्षले भने उनको उपस्थितिपछि विवाद चर्किएको आरोप लगाएको छ।
मतदान केन्द्रमा दुई पक्षका कार्यकर्ताबीच विवाद भएपछि केही समयका लागि मतदान रोकिएको थियो।
पछि प्रमुख जिल्ला अधिकारी र जिल्ला प्रहरी प्रमुखसहितको टोली घटनास्थलमा पुगेर दुवै पक्षबीच समझदारी गराएपछि मतदान पुनः सञ्चालनमा आएको हो।
यसअघि बलरा–१ मा पनि केहीबेर तनावको स्थिति सिर्जना भएको थियो।















