प्रतिनिधि सभा निर्वाचन २०८२
दिन बाँकी
Radio
Logo

२१ फागुन, काठमाडौँ । दोलखाको तामाकोसी गाउँपालिका–४ स्थित गोल्मेश्वर मावि मतदान स्थलमा रोकिएको मतदान पुनः सुचारु गर्ने सहमति भएको छ।

विवादपछि बसेको सर्वदलीय बैठकले मतदान पुनः सञ्चालन गर्ने निर्णय गरेको बागमती प्रदेशका डीआईजी दिपक रेग्मीले जानकारी दिएका छन्।

मतदान स्थलमा खटिएका कर्मचारीमाथि एक समूहले हातपात गर्न खोजेपछि स्थिति तनावग्रस्त बनेको थियो। अवस्था नियन्त्रणमा लिन प्रहरीले एक राउन्ड हवाई फायर गरेको थियो।

डीआईजी रेग्मीका अनुसार सर्वदलीय सहमतिपछि केहीबेरमै मतदान पुनः सुरु गरिनेछ।


सम्बन्धित समाचार