प्रतिनिधि सभा निर्वाचन २०८२
दिन बाँकी
Radio
Logo

२१ फागुन, काठमाडौं । स्याङ्जाको वालिङ नगरपालिका–१० मोदीखोलास्थित बालज्योति आधारभूत विद्यालयमा रहेको मतदान केन्द्रमा मतपत्रसँग सम्बन्धित विवादका कारण मतदान रोकिएको छ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार मतदान अधिकृतले मतपत्रमा हस्ताक्षर नगरेको विषय उठेपछि मतदान प्रक्रिया अस्थायी रूपमा रोकिएको हो।

हाल स्थानीय दल तथा उम्मेदवारका प्रतिनिधिहरूसँग छलफल भइरहेको र छिट्टै मतदान पुनः सुरु गर्ने तयारी भइरहेको कार्यालयले जनाएको छ।


सम्बन्धित समाचार