२१ फागुन, काठमाडाै । कांग्रेस सभापति गगनकुमार थापा काठमाडौंमा मतदान गरेपछि आफ्नो निर्वाचन क्षेत्र सर्लाही–४ पुगिएका छन्।
हेलिकप्टरमार्फत ११:२० बजे सर्लाही पुगेका थापा विभिन्न मतदान स्थलको अवलोकन गरिरहेका छन्। उनले बरहथवा नगरपालिका, हजरीया, शिव मन्दिरलगायतका मतदान केन्द्रमा पुगेर मतदाता भेटेका छन् र समर्थनका लागि मतसमेत मागेका छन्।















