प्रतिनिधि सभा निर्वाचन २०८२
दिन बाँकी
Radio
Logo

२१ फागुन, विराटनगर । कोशी प्रदेशमा अहिलेसम्म ३५ प्रतिशतभन्दा बढी मत खसेको प्रदेश निर्वाचन कार्यालय विराटनगरले जनाएको छ।

झापामा ४१ प्रतिशत, ताप्लेजुङमा करिब ४० प्रतिशत, इलाममा ४० प्रतिशत, र पाँचथरमा ३८ प्रतिशत मत खसेको प्रमुख जिल्ला अधिकारीहरूले जानकारी दिएका छन्। सङ्खुवासभामा ३० प्रतिशत, धनकुटामा २४ प्रतिशत, तेह्रथुममा ३५ प्रतिशत र खोटाङमा २४ प्रतिशत मत खसिसकेको छ।

हिमाली जिल्लाहरूमा पनि मतदान शान्तिपूर्ण रूपमा भइरहेको छ। सोलुखुम्बुमा निर्बाध मतदान भइरहेको छ भने सोलुमा ३६ प्रतिशत, उदयपुरमा करिब ४० प्रतिशत, सुनसरीमा ३६ प्रतिशत र मोरङमा ३० प्रतिशत मत खसेको छ।

हालसम्म कोशी प्रदेशभर ११ लाख ४९ हजार ५ सय ७१ भन्दा बढी मतदाता मतदान गरिसकेका छन्।


सम्बन्धित समाचार