प्रतिनिधि सभा निर्वाचन २०८२
दिन बाँकी
Radio
Logo

२१ फागुन,वीरगञ्ज । पर्सा जिल्लामा जारी मतदानमा दिउँसो २ बजेसम्म ४१ दशमलव २३ प्रतिशत मत खसेको छ।

जिल्ला प्रशासन कार्यालय पर्साले उपलब्ध गराएको ताजा विवरण अनुसार हालसम्म जिल्लाभर कुल एक लाख ५५ हजार ५१ जनाले मतदान गरेका छन्।

पर्साका प्रमुख जिल्ला अधिकारी भोला दाहालका अनुसार सबैभन्दा बढी मत पर्सा निर्वाचन क्षेत्र नम्बर ४ मा खसेको छ। उक्त क्षेत्रमा ४२ हजार ५५३ जनाले मतदान गरेका छन्।

त्यसैगरी पर्सा निर्वाचन क्षेत्र नम्बर २ मा ४१ हजार ९०३ जनाले मत दिएका छन् भने पर्सा–१ मा ३८ हजार १७५ जनाले मतदान गरेका छन्।

जिल्लाको निर्वाचन क्षेत्र नम्बर ३ मा भने हालसम्म ३२ हजार ४२० जनाले मतदान गरेको विवरणमा उल्लेख गरिएको छ।

मतदान प्रक्रिया शान्तिपूर्ण रूपमा जारी रहेको प्रशासनले जनाएको छ।


सम्बन्धित समाचार