प्रतिनिधि सभा निर्वाचन २०८२
दिन बाँकी
Radio
Logo

२१ फागुन, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले निर्वाचनपछि आफू प्रधानमन्त्री बन्ने पूर्ण आत्मविश्वास व्यक्त गरेका छन्।

आज बालकोटमा मतदान गरेपछि सञ्चारकर्मीसँग संक्षिप्त कुराकानी गर्दै उनले भने, “मैले पहिले पनि भनेको हो, हामी बहुमत ल्याउँछौँ। कथंकदाचित बहुमत आएन भने पनि एमाले पहिलो पार्टी बन्छ। त्यसमा कुनै शंका छैन।”

जवाफमा कि चुनावपछि प्रधानमन्त्री बन्ने हो कि भन्ने प्रश्नमा ओलीले भने, “मेरो पार्टीले मलाई प्रधानमन्त्री भन्न भन्या छ। मेरो पार्टीले भनेपछि देशले बनाउँछ।”

अघिल्लो चुनाव र यस चुनावबीच के फरक पाएको भन्ने प्रश्नमा उनले जनाए, “यसपटक अनावश्यक हल्ला, मतदातालाई भ्रममा पार्ने प्रयास, जनतालाई अलमल्याएर घृणा र प्रतिशोधको राजनीतिबाट स्वार्थी तत्त्वहरू हावी हुन खोजेका छन्। यही फरक हो।”

अन्ततः आफूले मतदान गरेको क्षेत्रमा महेश बस्नेतको जित निश्चित रहेको ओलीले बताए।


सम्बन्धित समाचार