२१ फागुन, काठमाडौं । निर्वाचन आयोगले प्रतिनिधि सभाको निर्वाचनमा मतदानमा सहभागीता उत्साहजनक रहेको जनाएको छ।
निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले पत्रकार सम्मेलनमा बताए अनुसार, सर्लाही, स्याङ्जा र दोलखा लगायतका केही जिल्लामा आंशिक रूपमा मतदान रोकिएको भएपनि समस्या समाधान गरेर मतदान अघि बढाइएको छ।
भट्टराईले हाल देशभर कतै पनि मतदान रोकिएको नभएको र सबै क्षेत्रमा शान्तिपूर्ण रूपमा मतदान भइरहेको जानकारी दिएका छन्।

















