२१ फागुन,वीरगञ्ज । पर्सा जिल्लामा प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत दिउँसो ३ बजेसम्म ४८ दशमलव ४१ प्रतिशत मतदान भएको छ।
जिल्ला प्रशासन कार्यालयका अनुसार हालसम्म जिल्लाभर १ लाख ८२ हजार ३०६ जनाले मतदान गरेका छन्। पर्साका प्रमुख जिल्ला अधिकारी भोला दाहालले सो जानकारी दिएका हुन्।
पछिल्लो विवरणअनुसार सबैभन्दा बढी मत पर्सा निर्वाचन क्षेत्र नम्बर ३ मा खसेको छ। उक्त क्षेत्रमा ५० हजार ५९ जनाले मतदान गरेका छन्।
त्यसैगरी पर्सा–२ मा ४४ हजार २६०, पर्सा–१ मा ४२ हजार १५७ र पर्सा–४ मा ४५ हजार ३७० जनाले मतदान गरेको विवरणमा उल्लेख छ।
जिल्लाका अधिकांश मतदान केन्द्रमा मतदान शान्तिपूर्ण रूपमा जारी रहेको प्रशासनले जनाएको छ।

















