प्रतिनिधि सभा निर्वाचन २०८२
दिन बाँकी
Radio
Logo

२१ फागुन,काठमाडौं । दोलखाको तामाकोशी गाउँपालिका–४ स्थित गोल्मेश्वर मावि मतदान स्थलबाट बिहीबार बिहान प्रतिनिधिसभा सदस्य निर्वाचनको मतदान सुरु भएपछि ५६ बुक मतपत्र हराएको छ।

मतदानस्थलमा खटिएका कर्मचारीमाथि एउटा समूहले हातपात गर्न खोजेपछि विवाद सुरु भएको थियो। विवाद अझै टुङ्गिएको छैन र सर्वदलीय बैठकले मतदान सुरु गर्ने सहमति गरे पनि मतपत्र हराएपछि मतदान सुरु हुन सकेको छैन।

दोलखामा निर्वाचन सञ्चालनमा खटिएका एसएसपी सोमेन्द्र सिंह राठौरका अनुसार हराएको मतपत्र खोजी भइरहेको छ। निर्वाचन आयोगका कर्मचारी र सुरक्षाकर्मीहरूले मतपत्र हराएको अवस्थामा त्यसलाई मुचुल्का गरेर गणना नगरी मतदान सुरु गर्न आग्रह गरे पनि दलका प्रतिनिधिहरूले मान्न अस्वीकार गरेका छन्। विवादमा नेपाली कांग्रेस र एमालेका कार्यकर्ता रहेका बताइन्छ।

मतदान सुरु भएको केही समयपछि कर्मचारीमाथि हातपात गर्न खोजेपछि प्रहरीले एक राउन्ड हवाई फायर गरेको थियो। प्रहरीले मतपत्र खोजी र घटनाको थप अनुसन्धान गरिरहेको छ।


सम्बन्धित समाचार