प्रतिनिधि सभा निर्वाचन २०८२
दिन बाँकी
Radio
Logo

२१ फागुन,वीरगञ्ज ।  आज भएको प्रतिनिधि सभा निर्वाचनमा पर्सा जिल्लाभर अनुमानित ६५ प्रतिशतभन्दा बढी मत खसेको छ। जिल्ला निर्वाचन कार्यालयका अनुसार प्रारम्भिक जानकारीअनुसार मतदाता उपस्थितिले उत्साहजनक सहभागिता देखाएको छ।

पर्सा निर्वाचन क्षेत्र नम्बर १ का निर्वाचन अधिकृत गायत्री प्रसाद रेग्मीले जानकारी दिँदै भने, “विवरण संकलन कार्य अझै जारी छ, त्यसैले एकिन तथ्याङ्क आउन केही समय लाग्नेछ।”

पर्सा जिल्लामा ४ निर्वाचन क्षेत्र रहेका छन्, जसमा कुल ३ लाख ७६ हजार ५३१ मतदाता छन्। देशैभर आज बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म मतदान प्रक्रिया सञ्चालन भएको थियो।

मतदानको क्रममा मतदाताले उत्साहजनक सहभागिता देखाएका थिए। सुरक्षाका लागि पर्याप्त नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र निर्वाचन प्रहरी खटाइएको थियो। यसले मतदान प्रक्रिया शान्तिपूर्ण र व्यवस्थित बनाउन मद्दत गरेको छ।

निर्वाचन अधिकृतले मतदाता र कर्मचारी दुवैलाई संयमित रहन र मतदान प्रक्रिया सुचारु बनाउन सहयोग गर्न आग्रह गरेका छन्। प्रारम्भिक जानकारी अनुसार पर्सा जिल्लामा मतदान प्रतिशत उच्च देखिएको छ, तर अन्तिम विवरण आउन अझ केही समय लाग्ने बताइएको छ।


सम्बन्धित समाचार