Logo

२२ फागुन, रुकुम (पूर्व) ।  रुकुम पूर्वमा नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मतान्तर बढाउँदै लगेका छन्।

उनी निकटतम प्रतिद्वन्द्वी कांग्रेसकी कुसुमदेवी थापाभन्दा  दुई हजार ७३ मतले अगाडि रहेका छन्। प्रचण्डले दुई हजार ९८९ मत प्राप्त गर्दा थापाले ९१६ मत प्राप्त गरेकी छन्।

नेकपा एमालेका उम्मेदवार लीलामणि गौतमले ५९२ र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार लखन कुमार थापाले २८९ मत प्राप्त गरेका छन्।

तीन पालिका रहेको रुकुम पूर्वमा हाल भूमे गाउँपालिकाको मत गणना भइरहेको छ।


सम्बन्धित समाचार