Logo

२२ फाल्गुण, काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले राजधानीको मुटु मानिने काठमाडौँ क्षेत्र नम्बर १ बाट सानदार जितका साथ आफ्नो खाता खोलेको छ ।

सार्वजनिक अन्तिम मत परिणामअनुसार रास्वपाकी उम्मेदवार रञ्जु न्यौपाने (दर्शना) १५ हजार ४५५ मत प्राप्त गर्दै विजयी भएकी हुन्। ९ वर्षअघि २१ वर्षकै उमेरमा काठमाडौँको मेयर पदमा उम्मेदवारी दिएर वैकल्पिक राजनीतिको जग बसालेकी रञ्जुले यसपटकको संसदीय निर्वाचनमा स्थापित राजनीतिक शक्तिहरूलाई निकै पछाडि पार्दै ऐतिहासिक सफलता हासिल गरेकी छिन् ।

रञ्जुका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका प्रबल थापाले ६ हजार ३६४ मत प्राप्त गरे पनि जितका लागि त्यो पर्याप्त भएन। यसैगरी, अघिल्ला दुई निर्वाचनमा झिनो मतान्तरले पराजित हुँदै आएका राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ नेता रवीन्द्र मिश्रले यसपटक मात्र ३ हजार ९७२ मतमा चित्त बुझाउनुपरेको छ ।

वैकल्पिक राजनीति र सामाजिक आन्दोलनमा लामो समयदेखि सक्रिय रञ्जुको यो जितलाई मतदाताले पुराना अनुहार र कार्यशैलीप्रति दिएको कडा जवाफका रूपमा विश्लेषण गरिएको छ । रास्वपाको यस पहिलो जितले देशभरका अन्य निर्वाचन क्षेत्रमा पनि नयाँ उत्साह थपेको छ ।


सम्बन्धित समाचार