२२ फागुन,रुकुम पूर्व । प्रतिनिधि सभा निर्वाचनअन्तर्गत रुकुम पूर्व निर्वाचन क्षेत्र नम्बर १ को मतगणनामा नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवार पुष्पकमल दाहाल ‘प्रचण्ड’ अग्रस्थानमा रहेका छन्।
पछिल्लो मतपरिणामअनुसार प्रचण्डले ३ हजार ६६९ मत प्राप्त गरेका छन्। उनलाई नेपाली काँग्रेसकी उम्मेदवार कुसुमदेवी थापाले १ हजार २९ मतसहित पछ्याइरहेकी छन्। त्यस्तै नेपाल कम्युनिष्ट पार्टी (एमाले)का लिलामणि गौतमले ६६३ मत प्राप्त गरेका छन्।
मतगणना कार्य जारी रहेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।
यसअघि २०७९ सालको प्रतिनिधि सभा निर्वाचनमा रुकुम पूर्व–१ बाट नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का पूर्णबहादुर घर्ती मगर १२ हजार २६२ मतसहित विजयी भएका थिए। उनका निकटतम प्रतिस्पर्धी नेकपा (एमाले)का कैलाशकुमार मल्लले ५ हजार २११ मत प्राप्त गरेका थिए भने स्वतन्त्र उम्मेदवार चन्द्रराज झाक्रीले ८९६ मत ल्याएका थिए।

















